कलाकार पवन खतिवडामाथि कुटपिट गरेको आरोपमा वाइबा पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका हुन् ।

शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ परेकी छिन् । स्रोतका अनुसार उनलाई काठमाडौँ ल्याइँदैछ । कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्‍दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए ।

त्यस्तै, कुटपिट गर्न नहुने कसुरमा कलाकार पवन खतिवडाले जाहेरी दिएका थिए ।सो जाहेरीपछि प्रहरीले वाइबालाई पक्राउ गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्