बिहीबार सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजावी सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १५ हजार १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १० सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७९ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्