काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्सबीच भेटवार्ता भएको छ । एक कार्यक्रमका सिलसिलामा हाल बेलायतमा रहेकी दाहाल र उपसभामुख निजेलबीच लण्डनमा बिहीबार भेटवार्ता भएको हो ।
सो भेटकामा वर्षौंदेखिको नेपाल-बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको हो । सो अवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उनले जनाएका छन् । उक्त अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गरेका थिए ।
त्यसैगरी भरतपुर महानगरपालिकाल सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ । सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गरेको जनाएका छन् ।