सोमबारको मौसम: पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ ।

सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । त्यसैगरी कर्णाली, सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सोमबार सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्