नि:शुल्क उपचार गर्ने उद्देश्यसहित पशुपतिमा महायज्ञको आयोजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ आयोजना गर्न लागिएको छ । पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई नि:शुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो ।

पशुपति क्षेत्रमा सोमबार आयोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा.निकोलस भुसालले जानकारी दिएका छन् । चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ । घर-घरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ ।

महायज्ञमा करिब १ लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्