इस्लाम धर्मावलम्वीको पर्व रमजान मुबारक महिना मंगलबारदेखि सुरु

Ad
  • कालोपाटी सम्बाददाता
काठमाडौँ । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना (भोलि) मंगलबारदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्ने गर्छन् ।
सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ ।
त्यस्तै, उर्दू पात्रो अनुसार हिजरी सम्बत्को रमजान ९औँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दु:खीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।
शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्