२ करोड ५० लाख रुपैयाँ लागतमा ठमेलको सडकमा कालोपत्र

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्रको सडकमा कालोपत्र गरेको छ । महानगरले २ करोड ५० लाख रुपैयाँ लागतमा ठमेल क्षेत्रभित्रको सडकमा कालोपत्र गरेको हो ।

महानगरपालिकाले ठमेल क्षेत्रको अमृत मार्ग, पर्यटन मार्ग, वैशाली मार्ग र भगवती मार्गका सडक कालोपत्र गरेको हो । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका सडक कालोपत्र भएसँगै वसन्त ऋतुमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाईसमेत हिँड्डुलमा सहज भएको छ ।

यस्तै, काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम सुरु गरेको जनाएका छन् । ‘ढल खन्दा र बिजुलीको तार ‘अन्डरग्राउन्ड’ गर्दा बाटो खनिएको हो, हामीले उक्त बाटोलाई पुरेर कालोपत्र गरेका छौँ’, उनले भने । पछिल्लो समय ठमेल क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ठमेल पर्यटन विकास परिषद् लागिरहेको छ ।

त्यसैगरी परिषद्ले विभिन्न निकायको सहकार्यमा ठमेलभित्र अव्यवस्थित रुपमा रहेका बिजुली तथा इन्टरनेटका तार हटाउने, ढललाई व्यवस्थित गर्ने, सिसी क्यामरा जडान गर्नेलगायतका काम गर्दै आएको छ । ठमेलभित्र हाल २ हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्