हरियो स्याउ र करेलाको मूल्य बढ्यो, शुक्रबार अन्य तरकारी तथा फलफुलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो स्याउ र करेलाको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार शुक्रबार रुख टमाटर १ सय ५० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ५०, भारतीय ठुलो गोलभेडा ६०, सानो गोलभेडा (टनेल) ४५, आलु रातो ३५, आलु सेतो २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय ६०, लौका ७०, परवर(तराई) २ सय ३०, घिरौला ९०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी १ सय ३०, सखरखण्ड ७०, बरेला ५०, स्कुस ४५ रहेको छ । आज रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र सौफको साग ६०, जिरीको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार भारतीय सुकेको प्याज ७२ रुपैयाँ,  हरियो प्याज ३०, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर ३० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २५, न्यूरो ८०, ब्रोकाउली ४०, चुकन्दर ६०, कोइरालो ३ सय ५०, सजिवन १ सय ५०,रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले २ सय, पुदिना २ सय ५०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, गान्टे मूला ७०, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, बोडी(तने) २ सय २०, मटरकोशा ७० रुपैयाँ, घ्यु सिमि लोकल ८० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ८०, घिउ सिमी (राजमा) १ सय १०, टाटे सिमि ९० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ६०, तरुल ७०, कुरीलो ६ सय , कन्य च्याउ ८०, डल्ले च्याउ २ सय ८०, अदुवा २ सय, हरियो खुर्सानी १ सय ८०, सुकेको खुर्सानी ४ सय, खुर्सानी हरियो (बुलेट) १ सय ५०, खुर्सानी हरियो (माछे) १ सय १०, भेडे खुर्सानी १ सय ५०, खुर्सानी हरियो (अकबरे) ४ सय, हरियो लसुन ९०, हरियो धनिया ५०, कागती २ सय २०, चाइनिज सुकेको लसुन २ सय २०, लसुन सुकेको नेपाली १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, शुक्रबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, अंगुर १ सय २०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ४०, जुनार २ सय २०, भुई कटहर प्रति गोटा १ सय ५०, रुख कटहर ९०, लोकल काक्रो १ सय १०, हाइब्रिड काक्रो ६० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी  निबुवा ५०, चाइनीज नासपाती २ सय २०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा २ सय ५०, लप्सी १ सय ४०, अमला ८०, किनु ९०, किवी ४ सय ५०, अभोकाडो ५ सय र स्ट्रबेरी भुईऐसेलु २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।

समितिका अनुसार आज हरियो छ्यापी  १ सय २०, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्