४ सय रुपैयाँले घट्यो शुक्रबार सुनको मूल्य, चाँदीको मूल्य भने स्थिर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैँठौ दिन (आज) शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही प्रतितोला १५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ७५ हजार १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख ६९ हजार ९५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १२ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्