नेपाल टेलिकमको टावरमा ‘कुकर बम’ विस्फोट, घटनाको थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजे दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो ।

बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटेको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको हो ।

घटनास्थलमा गरिएको प्रारम्भिक जाँचबाट टावरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको हो  । सो क्षेत्रमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको छ । विस्फोटका कारण टावरमा क्षति भएकाले नेटकर्वमा केही असहजता देखिनसक्ने बताइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले प्रहरीको भनाइ छ ।

उक्त घटनाको थप अनुसन्धान र विस्फोटमा संलग्नहरुको खोजीकार्य भइरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्