चीर ठडाएर वसन्तपुरमा फागुपूर्णिमा प्रारम्भ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ गरिएको छ । आइतबार बिहान वसन्तपुरमा होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली)को विधिवत् रुपमा प्रारम्भ गरिएको हो ।

परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ । स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चीरको पूजा गरी होलीको प्रारम्भ भएको बताएका छन् । यसै दिनदेखि काठमाडौँवासीहरु चीरको पूजा गरी आशीर्वाद लिने चलन छ ।

तन्डुकारका अनुसार चीरको टुप्पोमा झुन्ड्याइएको रङ्गीविरङ्गी ध्वजालाई मानिसहरुले फागुपूर्णिमा समापन भएपछि घरमा लगेर राख्ने गर्छन् । त्यसैगरी ‘चीरमा झुन्ड्याइएको ध्वजा घरमा राख्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ’, तन्डुकार भन्छन्,’यस ध्वजामा कृष्णलीला समेत समेटिएको हुने परम्परागत मान्यता छ ।’ होलीको भोलिपल्ट टुँडिखेलमा लगेर चिर विर्सजन गरिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्