आइतबारको मौसम पूर्वानुमान !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ ।

आइतबार देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भागका तराईका केही स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ । आज राती भने देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । त्यसैगरी कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्