एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनी ३ सय ७७ मत प्राप्त गरेर सो पदमा निर्वाचित भएका हुन् ।

अध्याननद पाण्डेयका प्रतिद्धन्द्धी टिना सुवेदीले ३ सय ४३ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईं, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावाना आचार्य निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत मियाँले जनाएकी छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्