२२ सय रुपैयाँले घट्यो आइतबार सुनको मूल्य, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुनलनामा आज सुनको मूल्य २२ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २२ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्रा छापावाला सुनको मूल्य १ लाख १७ हजार २ सय ८५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ७ सय २५ रुपैयाँ र चाँदीको मूल्य १४५७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्