५ सय रुपैयाँले बढ्यो बुधबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्