शुक्रबार भिण्डीको मूल्य बढ्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज भिण्डीको मूल्य बढेको छ भने अन्य  तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा टनेल ३२, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा तराई ५०, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु मुडे ४६, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली ज्यापु ६० रुपैयाँ, रातो मुला ५०, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, मटरकोशा १८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज लोकल घ्यु सिमी ४०, हाइब्रिड घ्यु सिमी ४०, राजमा १२०, भटमासकोसा १२० रुपैयाँ, तितो करेला २०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला २०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो २०, हरियो फर्सी डल्लो २०, भिण्डी २०, सखरखण्ड ६०, स्कुस ७० रुपैयाँ, रायो साग ३० रुपैयाँ, पालुंगो साग १५० रुपैयाँ, चम्सुरको साग १५० रुपैयाँ, तोरीको साग २० रुपैयाँ र मेथीको साग १५० रुपैयाँ, हरियो प्याज ८०, कन्य च्याउ १८०, डल्ले च्याउ २५०, कुरिलो २८०, न्युरो ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ६०, चुकन्दर ६०, सजीवन १००, रातो बन्दा ५०, जिरीको साग १००, सेलेरी १५०, पार्सले २५०, सौफको साग १५०, पुदिना १४०, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो बुलेट ८०, खुर्सानी हरियो माछे ४०, भेडे खुर्सानी ४० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

शुक्रबार हरियो लसुन ९०, हरियो धनिया २५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन १७०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५०, फुजी स्याउ ३००, केरा दर्जन १२०, कागती २००, अनार ३५० , आँप मालदह ११०, आँप दसहरी २००, आँप कलकत्ते १८०, हरियो अंगुर २५०, तरबुजा हरियो ३०, मौसम १५०, जुनार २५०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २२०, नेपाली मेवा ८०, भारतीय मेवा ७०, लिच्ची लोकल २५०, किवि ५५०, आभोकाडो ५५०, भुई कटहर प्रति गोटा १८० र रुख कटहर ४० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्