‘युवा पुस्तालाई कृषिमा आकर्षित गर्नुपर्छ’: प्रमुख यादवचन्द्र शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताएका छन् । फोर एच नेपाल नामक सस्थाद्वारा शुक्रबार आयोजना गरेको तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने जनाएका छन् । प्रमुख शर्मालेले भने, ‘रोजगारी र उच्च शिक्षाको बाहनामा नेपालीहरु विदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार र सांसद लाग्न जरुरी छ ।’ युवालाई कृषि क्षेत्रमा जोड्न सके खाध्यमा परनिर्भरता हट्ने उनले बताएका छन् ।

हाम्रो परिवार, समाज र सिङ्गो राष्ट्रका लागि आवश्यक युवाशक्ति विदेश पलायन हुनु देशका लागि सुखद् नभएको उनको भनाइ थियो । नयाँ सोच र नयाँ प्रतिबद्धताको आवश्यकता अहिलेको समाजमा रहेको उनी बताउँछन् ।

राज्यले पूरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिँदै युवालाई स्वदेशमा नै लगाउनुपर्ने उनले जानकारी दिएका छन् । उनले भने, ‘यो देशमा केही हुँदैन भनेर विदेशिन चाहाने युवालाई यही कर्म गर्ने वातावरण बनाउन जरुरी रहेको छ ।’ कृषिमा आधारित हाम्रो समाज, अर्थतन्त्र र उद्योगबाट नै अग्रमनको खाका तयार हुने उनको भनाइ छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्