३० रुपैयाँले बढ्यो आइतबार डल्ले च्याउको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज डल्ले च्याउको मूल्य बढेको हो ।

आइतबार नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, सेतो आलु ५५ रुपैयाँ,भारतीय सुकेको प्याज १२६ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १३०, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ७०, लौका ४०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५०, झिगुनी ५०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ७०, स्कुस २५ रुपैयाँ, रायो साग ११० र तोरीको साग ७० रुपैयाँ, हरियो प्याज २२०, कन्य च्याउ १६०, डल्ले च्याउ ४३०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा १८०, जिरीको साग ९०, सेलेरी ५००, पार्सले १५००, पुदिना ५००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १२०, हरियो लसुन २००, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार ३५०, अंगुर (कालो) ४००, मौसम १४०, जुनार २००, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो ३०, रुख कटहर ८०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २००, लप्सी ५०, किवि ४०० र आभोकाडो २५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्