काठमाडौँ । मकवानपुरको हेटौँडामा टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गरेर हावा भर्ने क्रममा टायर पड्किँएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भारत घर भई हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन्। विष्फोटमा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।
घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय जाबिर हवारी, मधेस प्रदेश ०३(००२ ख ०३०० न।को ट्यांकर चालक हेटौँडा ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को टयांकर चालक धादिकको धुनिबेशी नगरपालिका वडा नम्बर २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा ९११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर(८ का लक्ष्मण थापा घाइते भएका छन्।
घाइतेमध्ये ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिलअस्पतालमा उपचार भईरहेको छ भने अन्य ४ जना उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले बताए ।