चीनका कलेजमा ‘प्रेम शिक्षा’ पढाउने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चीनमा लगातार जनसंख्या गिरावट हुन थालेपछि युवाहरुलाई सन्तान उत्पादनका लागि सरकारले प्रोत्साहन स्वरुप विभिन्न योजनाहरु ल्याएको छ । युवाहरुलाई प्रेम र विवाहका लागि प्रोत्साहन गर्दै चीन सरकारले विभिन्न योजना ल्याएको हो ।

कलेजका युवाहरु प्रजनन क्षमताको रुपमा सबैभन्दा सक्रिय हुन्छन् । तर चिनियाँ युवाहरुमा पछिल्लो समय विवाह र प्रेमलाई लिएर आफ्नो विचार परिवर्तन गरिरहेको बताइन्छ । यसबारे जियाङसु सिन्ह्वा न्युज पेपरले पनि सामग्री तयार पारेको छ । जहाँ भनिएको छ, ‘कलेज तथा विश्वविद्यालयले विवाह र प्रेम शिक्षा पाठ्यक्रम ल्याएर कलेजका छात्रछात्राहरुला विवाह र प्रेमको विषयमा पढाउनुपर्छ ।’

स्थानीय सरकारहरुले युवाहरुलाई उचित उमेरमा विवाह र सन्तान जन्माउन प्रेरित गर्दै सम्मानका योजना पनि ल्याए । साथै कतिपय स्थानीय सरकारले उचित उमेरमा विवाह गर्ने र सन्तान जन्माउने जोडीलाई आर्थिक सहायता तथा पुरस्कार पनि दिने घोषणा गरेका छन् । यद्यपि जनसंख्याविदहरुले भने यस्ता कदमबाट जनसंख्याको सन्तुलन कायम हुने सम्भावना नरहेको बताएका छन् ।

जवकि सिनियर कलेजका विद्यार्थीहरु ग्र्याजुएसनका विद्यार्थीहरु जनसंख्यालाई लिएर केस स्टडी, ग्रुप डिस्कसन र सम्बन्ध बनाउने विषयमा पढाइ गर्न सकिने बताइएको छ । उक्त कोर्सले विवाह र प्रेमलाई सही ढंगमा बुझाउन सकिने र प्रेम सम्बन्धप्रति सकारात्मक सोच विकास गर्न मद्दत गर्ने पनि बताइएको छ ।एजेन्सी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्