कुखुरा फार्ममा आगलागी हुँदा करिब छ लाख बराबरको क्षति

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब छ लाख ३६ हजार रुपैँया बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब रु चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्