आईपीओ भर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनपर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाहरूको सेयर कारोबार हुने एसएमई प्लेटफर्म लागु भएको छ । आज देखि ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ लागु भएसँगै साना कम्पनी धितोपत्र बजारमा प्रवेश गर्ने बाटो खुलेको हो ।

चुक्तापुँजी २५ करोड रुपैयाँ भएका कम्पनीलाई साना तथा मझौला संगठित संस्था भनेर नियमावलीमा परिभाषित गरएको छ । यस्ता कम्पनीले आफ्नो चुक्तापुँजीको ३० प्रतिशतदेखि ४९ प्रतिशतसम्म प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

पब्लिक कम्पनीको रूपमा स्थापना भएको एक आर्थिक वर्षपछि साना तथा मझौता संगठित संस्थाले आईपीओ निष्कासनको आवेदन बोर्डमा दिन पाउनेछन् ।

यस्ता कम्पनीको आईपीओ खरिद गर्नेहरूले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनपर्नेछ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य तोक्नुपर्नेछ । तर, विशेष ऐनमा शतप्रतिशत रकम माग गर्न सकिने व्यवस्था भएका कम्पनीले भने सतप्रतिशतमा नै आईपीओ निष्कासन गर्न पाउनेछन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्