मंगलबार घट्रयो १६.३० अंकले नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  मंगलबार शेयर बजार मापक नेप्से परिसूचक १६.३० घटेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक १६.३० अंकले २ हजार ८३५.५८ विन्दुमा पुगेको छ । मंगलबार कारोबारमा आएका २३० कम्पनीको १ करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबारको तुलनाका नेप्से परिसूचक गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आजको नेप्सेमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । बुद्धभुमी नेपाल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी र विन नेपाल लघुवित्त शेयर मूल्य बढेको छ । यता लिबर्टी इनर्जीको शेयरमूल्य भने सवैभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ३५ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर अरुण भ्याली हाइड्रोपावर पहिलो स्थानमा छ । अपि पावरको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्