माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक पदमा बढुवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । माछापुच्छ्रे बैंकले हालै बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उपमहाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ । नायव प्रमुख कार्यकारी अधिकृतपदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढिको बैंकिङ अनुभव संगाली सकेका छन् । माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ ब्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् ।

त्यस्तै नायव महाप्रबन्धकपदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् । अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्सलगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ । बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरणलगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अब्बल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

बैंकले नेपाल राज्यभर उच्चसेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटिम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवा प्रदान गर्दे आईरहेको छ । बैंकले १५ सय भन्दा बढि कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्