‘उम्मेदवारी फिर्ता लिने वेलासम्म सहकार्यको पहल जारी रहन्छ’ : देव गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भईरहेको बताए । सत्तारुढ दलहरुबीचको सहमती विपरित पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भईरहेको बताएका हुन् ।

उनले मनोनयनमा परेकाहरुबाट पनि सहमतीमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमती नभए पनि एमालेप्रति संकेत गर्दै प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताए । संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिबादी काँग्रेससँग गठबन्धन बनाउनु परेको तर्क समेत गर्न भो ।

प्रमुख सचेतक गुरुङले केपी ओली नेतृत्वको सरकारले साँढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेको कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए । उनले उत्पादन मुलुक क्षेत्रमा लगानी नहुँदा मुलुकमा आयातित बस्तुहरुमा लगानी गर्न बाध्य हुनुपर्ने अवस्था आएको पनि स्पष्ट पारे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्