किसान समूहलाई ट्याक्टर हस्तान्तरण, व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउने उद्देश्य

Ad
  • कालोपाटी सम्बाददाता

बन्दीपुर । जिल्लाको बन्दीपुर गाउँपालिका–१ स्थित हरियाली किसान समूहलाई ट्याक्टर हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्याक्टर अनुदानमा प्रदान गरेको हो । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले एक कार्यक्रमकाबीच आज ट्याक्टर हस्तान्तरण गरेका हुन् । बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा उनले जोड दिए ।  पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए खाद्यान्न, तरकारी र फलफूलमा आत्मनिर्भर बन्न सकिने उनले बताए ।

प्रदेश सरकारमा कृषि मन्त्रालयबाट रु चौबिस लाखको लागतमा उक्त ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनले पहाडी भागमा सुन्तला कागती खेती गरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा पाखाटारमा सिँचाइको व्यवस्था गर्न सकेको मात्रै कृषि क्षेत्रमा फड्को मार्न सक्ने बताए । उक्त समूहमा एक सय बढी सदस्य आवद्ध रहेको समूहकी अध्यक्ष अन्जु श्रेष्ठले जानकारी दिए । प्राप्त भएको ट्याक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने उनले बताए । बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नका लागि सहज हुने बताइएको छ ।

छोटो समयमा धेरै क्षेत्रफल जोत्न र खेती गर्न सकिने हुँदा ट्याक्टर प्रभावकारी देखिएकोले समूहलाई प्रदान गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उक्त वडामा करिब ३०० रोपनी क्षेत्रफलमा जमिन चक्लाबन्दी गरिएको छ भने वडा नं ३ मा झण्डै एक हजार रोपनी चक्लाबन्दी गरिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । साना गह्रालाई मासेर ठूला गह्रा बनाउँदा खेती गर्न सजिलो हुने भएकोले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्