१२ लाख जरिवाना तोकिएका बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१ घर भई हाल काठमाडौं, बालुवाटार बस्ने ४५ बर्षिय अनुप राजथलालाई प्रहरीले काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद, १२ लाख जरिवाना सहित ४८ हजार क्षतिपूर्ति तोकेको थियो । उनलाई अपराध अनुसन्धान विभागबाट खटिएको प्रहरी टोलीले वि.स.२०७९ श्रावन १९ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्