निफको ७औँ संस्करण चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को ७औँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने जानकारी दिएका हुन् ।

निफको उक्त संस्करणमा ४० देशका ८८ चलचित्र छनोट भएका उनको भनाइ छ । निफमा कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको प्रतिष्ठानका सल्लाहकार तथा अभिनेता नीर शाहले बताएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी ठोस नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको गुनासो व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्