‘फोटो प्रदर्शनीले चीनको प्राकृतिक सुन्दरको उजागर’: उपसभामुख रानामगर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरको उजागर भएको बताएका छिन् । गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समाज र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा सोमबार भएको फोटो प्रदर्शनीमा उनले यस्तो बताएकी हुन् ।

उनले त्यहाँको कला, संस्कृति र सभ्यताका साथै प्राकृतिक सुन्दरता उजागर गरेको जानकारी दिएकी छिन् । उपसभामुख राना मगरले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिलाई देख्ने मौका पाएको बताउँदै त्यहाँको प्राकृतिक सुन्दरता, रीतिरिवाज, परम्परागत संस्कृतिहरुको प्रतिनिधित्व फोटो प्रदर्शनीले गरेको उल्लेख गरेकी छिन् । ‘फोटोले धेरै परिवर्तनका कुराको प्रतिनिधित्व गरेको छ । प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तन, त्यहाँको कला, संस्कृति, वेषभूषा, रीतिरिवाजको पनि प्रतिविम्बित गर्दछ’, उनले भने, ‘दुई देशबीच धेरै कुरामा समानता पाइन्छ । देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको छ ।’

गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवद्र्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रर्वधन गर्न मद्दत पुग्ने जनाएका छन् ।

त्यसैगरी ३ हजार भन्दाबढी सदस्य रहेको गान्सु मोर्डन फोटोग्राफी संस्थाबाट १६ जना उपस्थिति थियो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्