चितवनमा चट्याङ लागेर एकै घरका ३ जना घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चितवनमा चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका-१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको थियो । सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीको भनाइ छ ।

त्यस्तै, छोरा रामबहादुरको हातखुट्टा, पेट र अनुहार डढेको भण्डारीले जनाएका छन् । उनको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर नष्ट भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्