त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद भएको छ । प्रहरीले सो विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको हो ।

विदेश लैजाँदै गरेको उक्त चरेस प्रहरीले मंगलबार बरामद गरेर बुधबार सार्वजनिक गरेको हो । विमानस्थल भन्सार कार्यालयको एक्स-रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई-छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ फेला बरामदको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार बरामद गरिएको लागूऔषधको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्