फुटबलर डाँगीको घरमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबलर टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । फुटबलर डाँगीको घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ, रविन तामाङ र ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् । फुटबलर डाँगीको ललितपुरको इमाडोलस्थित घरबाट गत फागुन ६ गते ४५ लाख रुपैयाँ बराबरको धनमान चोरीचोरी भएको थियो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसबारे अनुसन्धान गर्दै जाँदा अनुप र रविन चोरीमा संलग्न भएको र राजनले उनीहरूलाई सेल्टर दिएको खुलासा भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्