काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्राध्यापक डा.कविप्रसाद पोख्रेल, प्राध्यापक डा. केशरसिह राना, प्राध्यापक डा.देवबहादुर खड्का, प्राध्यापक डा.धुर्व कुमार गौतमको आवेदन स्वीकृत भएको हो ।
साथै, प्राध्यापक डा.नन्दबहादुर सिंह, प्राध्यापक डा.विनयकुमार मिश्र, प्राध्यापक डा.भोलानाथ शर्मा घिमिरे, प्राध्यापक डा. मुकुन्दप्रकाश क्षेत्री, प्राध्यापक डा.यमबहादुर कार्की र प्राध्यापक डा.शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ । आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ ।
स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो ।