बुधबार यस्तो छ तरकारी तथा फलफूलको न्यूनतम मूल्य…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कोइरालोको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यसैगरी, भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, बन्दा नरिवल १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ५०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ५०, हाइब्रिड घ्यु सिमि ५०, घ्यु सिमि राजमा ९०, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको हो ।

त्यस्तै, बुधबार तितो करेला ९०, लौका ६०, परवर(तराई) १ सय रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ४०, स्कुस ४० रुपैयाँ रहेको छ । आज  रायो साग ५० रुपैयाँ, पालुंगो १ सय १० रुपैयाँ, चम्सुरको साग १ सय १० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १ सय १० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

यसैगरी हरियो प्याज ४०, बकुला ५०, कन्य च्याउ १ सय १०, डल्ले च्याउ २ सय ५०, कुरिलो ३ सय ५०, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन २ सय, कोइरालो १ सय ५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १ सय ५०, सौफको साग १ सय, पुदिना १ सय ५०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय  २०, सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १ सय २०, हरियो लसुन १ सय ३०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २ सय ६०, नेपाली सुकेको लसुन १ सय ९०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज झोले स्याउ २ सय २०, फुजी स्याउ ३ सय, केरा १ सय ३० दर्जन, कागती २ सय ४०, अनार २ सय ८०, हरियो अंगुर १ सय ४०, कालो अंगुर २ सय २०, भारतीय सुन्तला १ सय २०, हरियो तर्बुजा ५०, मौसम १ सय ४०, जुनार २ सय ८०, भुई कटहर प्रति गोटा १ सय ४०, रुख कटहर ९०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३५, चाइनिज नासपाती २ सय, नेपाली मेवा ८०, भारतीय मेवा ८०, किनु ९०, अम्बा २ सय, स्ट्रबेरी ३ सय, अमला ८०,आभोकाडो ६ सय, किवि ४ सय रुपैयाँमा कारोबार गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्